जेठ ०४, २०८१, शुक्रबार
               

कोरोना विरुद्धको लडाइँमा मोदीको तीन चरणको योजना

एजेन्सी
चैत २७, २०७६

ADVERTISEMENT

एजेन्सी । भारतमा कोरोना भाइरस संक्रमण बढ्दै गइरहेको छ । कोरोना भाइरस नियन्त्रणको लागि भारत सरकारले हरेक उपाय अबलम्बन गरिरहेको छ ।

यसैबीच, कोरोना भाइरसविरुद्ध लड्न नरेन्द्र मोदी सरकारले तीन चरणको रणनीति अपनाउने भएको छ ।

केन्द्र सरकारले कोरोना भाइरस (कोभिड–१९) विरुद्धको लडाइँमा राज्यको लागि विशेष प्याकेज घोषणा गरेको छ ।

उक्त प्याकेजलाई इमरजेन्सी रेस्पोन्स एण्ड हेल्थ सिस्टम प्रेपेअरनेस प्याकेज नाम दिइएको छ ।

सरकारको अनुमान गरेको छ कि कोभिड १९ विरुद्ध लामो लडाइँ लड्नुपर्ने हुनसक्छ । 

- पहिलो चरण : जुन २०२० सम्म ।

- दोस्रो चरण : जुलाइ २०२० देखि मार्च २०२१ सम्म ।

- तेस्रो चरण : अप्रिल २०२१ देखि मार्च २०२४ सम्म ।

पहिलो चरणमा कोभिड-१९ विशेष अस्पताल विकसित गर्ने, आइसोलेशन ब्लक निर्माण गर्ने, भेन्टिलेटरको सुविधा सहतिको आइसियू बनाइने, पिपिई - मास्कको उपलब्धतामा विशेष ध्यान दिइने, ल्याब नेटवर्क तथा डायग्नोस्टिक सुविधा बढाइने, महामारी विरुद्ध जागरुकता जगाइने लगायतका योजना पहिलो चरणमा समेटिएका छन् ।

केन्द्र तथा राज्य सरकारबीच भइरहेको संवादपछि यो योजना बनाइएको हो । कोरोना विरुद्धको अभियानमा राज्य सरकारले केन्द्रसँग विशेष प्याकेजको माग गरिरहेको थियो ।

यो विषय प्रधानमन्त्री नरेन्द्र मोदी र राज्यका मुख्यमन्त्रीबीच भएको छलफलमा समेत उठेको थियो ।

दोस्रो र तेस्रो चरणको योजनाको बारेमा भने खुलासा भइनसकेको भारतीय सञ्चामाध्यम आजतकले उल्लेख गरेको छ ।


कस्तो लाग्यो ?

यो पनि