जेठ ०४, २०८१, शुक्रबार
               

महिला चिकित्सकलाई छिमेकीले भने 'गेट आउट'

नेपाल फ्ल्यास
चैत २७, २०७६

ADVERTISEMENT

एजेन्सी । कोरोना भाइरसले संसारभर महामारीको रुप लिइरहेको छ । यसैबीच, एक महिला चिकित्सकमाथि दुर्व्यवहार भएको छ । यो भारत गुजरातको घटना हो ।

सूरतको सिभिल अस्पतालमा कार्यरत डा. संजीवनीलाई उनका छिमेकी चेतन मेहता र पत्नी भावना मेहताले दुर्व्यवहार गरेका हुन् ।

डा. संजीवनीलाई उनीहरुले घर छाडेर जान धम्की दिएका हुन् । 

छिमेकीले धम्की दिइरहेको भिडियो रेकर्ड गरेर डा. संजीवनीले प्रहरीसमक्ष उजुरी दिइन् । 

अस्पतालमा कार्यरत डाक्टरमार्फत घरमा पनि कोरोना भाइरस आउनसक्ने डरले उनका छिमेकीले घरबाट निस्कन धम्की दिएका हुन् ।

डा. संजीवनीले भनिन्, 'म कोरोना भाइरसविरुद्ध लडिरहेको छु, यो मेरो कर्तव्य हो । यसमा मेरो कुनै गल्ती छैन ।'

प्रहरीले पछि चिकित्सकका छिमेकीलाई सम्झाएर अबदेखि यस्तो हर्कत नगर्न चेतावनी दिएको छ ।


कस्तो लाग्यो ?

यो पनि