जेठ ०४, २०८१, शुक्रबार
               

पाकिस्तानमा ५० जना चिकित्सक पक्राउ

नेपाल फ्ल्यास
चैत २६, २०७६

ADVERTISEMENT

एजेन्सी । पाकिस्तान प्रहरीले क्वेटामा कम्तीमा ५० जना चिकित्सक (डाक्टर)लाई पक्राउ गरेको छ । 

यी डाक्टर कोरोनाभाइरसद्वारा संक्रमितहरुको उपचारको क्रममा आवश्यक पर्सनल प्रोटेक्टिभ इक्विपमेन्ट (पिपिई) को कमी भएको भन्दै विरोध प्रदर्शन गरिरहेका थिए ।

प्रहरीले चिकित्सकको विरोध प्रदर्शनलाई जबर्जस्ती रोक्न कोसिस गरेको आरोप लगाइएको छ । 

मंगलबार चिकित्सकहरु विरोध प्रदर्शनमा उत्रिएका थिए ।

दक्षिण एशियामा भारत पछि पाकिस्तानमा कोरोनाभाइरसको संक्रमण बढी फैलिएको छ । 

पाकिस्तानमा अहिलेसम्म कोरोनाभाइरसका ३ हजार ८ सय संक्रमित भेटिएका छन् ।


कस्तो लाग्यो ?

यो पनि