जेठ ०४, २०८१, शुक्रबार
               

भारतको आइसोलेशनबाट कोराेना संक्रमित एक नेपाली फरार

एजेन्सी
चैत २५, २०७६

आइसोलेशन वार्डबाट फरार भएका कोरोना संक्रमित सफीद मिया
ADVERTISEMENT

एजेन्सी । भारत, उत्तर प्रदेशस्थित बागपतको सिएचसी आइसोलेशनमा रहेका एक जना कोरोना भाइरस पोजेटिभ बिरामी आइसोलेशनबाट भागेका छन् ।

६५ वर्षीय एक नेपाली नागरिक सफीद मिया आइसोलेशनबाट सोमबार राति झ्यालबाट हाम्फालेर भागेका हुन् । उनी सुनसरीका स्थानीय हुन् ।

उनको स्वास्थ्य जाँच गर्दा उनलाई कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको थियो । त्यसपछि उनलाई कोभिड अस्पताल भर्ना गरिएको थियो ।

सफीद मिया दिल्लीको निजामुद्दिन मरकजको तबलीगी जमातमा सहभागी भएका थिए । १९ मार्चमा मस्जिदमा आएका १७ नेपाली जमाती पक्राउ परेका थिए । उनीहरुलाई बालैनीमा आइसोलेशनमा राखिएको थियो ।

यीमध्ये एक जनाको रिपोर्टमा कोरोना पोजेटिभ देखिएपछि उनलाइ गत बुधबार राति सिएचसीको कोरोना वार्डमा राखिएको थियो । उनको स्वास्थ्यमा सुधार आइरहेको थियो ।

सोमबार राति करिब एक डेढ बजेको समयमा उनी झ्यालबाट हामफालेर फरार भएका हुन् । उनी जंगलतर्फ भागेको अनुमान गरिएको छ ।

अस्पतालमा स्वास्थ्यकर्मीले दुई बजेतिर हेर्न आउँदा उनी आइसोलेशनमा नभेटिएपछि खैलाबैला मच्चिएको थियो । स्वास्थ्यकर्मीले उनी हराएको खबर प्रहरीसमक्ष दिएका थिए ।

कोरोना संक्रमित व्यक्ति बन्दपुर तर्फ भागेको केही मजदुरले प्रहरीलाई जानकारी गराएका थिए । प्रहरीले उनको खोजी कार्य जारी राखेको छ ।


कस्तो लाग्यो ?

यो पनि