बैशाख १७, २०८१, सोमबार
               

तस्विरमा हेर्नुहोस् 'गो ब्याक कोरोना'

एजेन्सी
चैत २५, २०७६

ADVERTISEMENT

एजेन्सी । कोरोना भभाइरसविरुद्धको लडाइँमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार राति घर–घरमा दीप प्रज्वलन गर्न सबै भारतीय नागरिकलाई अपिल गरेका थिए ।

आइतबार राति ९ बजेर ९ मिनेट जाँदा मानिसहरुले आफ्नो घरको बत्ती निभाएर दीयो, मैनबत्ती तथा मोबाइलको फ्ल्याश बालेका थिए ।

जम्मू कश्मीरदेखि कन्याकुमारीसम्म सबै नागरिकले कोरोनाको विरुद्ध दीप प्रज्वलित गरेका थिए ।

प्रधानमन्त्री मोदीले कोरोनाको अन्धकारलाई पूरै देशवासी एकजुट भएर दीप प्रज्वलन गरेर प्रकाश छर्न आह्वान गरेका थिए ।

हेर्नुहोस् आइतबार राति ९ बजेर ९ मिनेटको समयमा खिचिएका केही तस्विरहरुः

सियाचीनमा भारतीय सेनाका जवान मैनबत्ती बाल्दै ।

केरलको कोच्चीमा चर्चका पादरीसहितले मैनबत्ती जलाएर प्रार्थना गरेका थिए ।

कश्मीरमा भारतीय सेनाले मैनबत्ती तथा दीयो जलाएका थिए ।

गुजरातको सूरतमा रहेको स्वामी नारायण मन्दिरमा कोरोना विरुद्ध सन्तले दीप प्रज्वलन गर्दै ।

बैंगलुरुमा मानिसहरुले घरको बत्ती निभाएर आशाको दीप जलाएका थिए ।

नागाल्याण्डको राजधानी कोहिमा मानिसहरुले दीप प्रज्वलन गरेका थिए ।

बोधगया बिहारमा भिक्षुहरुले दीप प्रज्वलन गर्दै ।

दिल्लीको शेल्टर होमको तस्विर । कोरोनाको अन्धकारविरुद्ध महिला तथा बच्चाहरु दीयो जलाउँदै ।

मुम्बईस्थित रिलायन्स इन्डस्ट्रिजका मुकेह अम्बानीको घर ।


कस्तो लाग्यो ?

यो पनि