जेठ ०४, २०८१, शुक्रबार
               

अमेरिकामा कति पुग्यो मृतकको संख्या ?

एजेन्सी
चैत २५, २०७६

ADVERTISEMENT

एजेन्सी । कोरोनाभाइरस संक्रमणका कारण अमेरिकामा पछिल्लो २४ घण्टामा १२ सय ५५ जनाको मृत्यु भएको छ ।

अमेरिकामा कोरोना संक्रमणबाट हालसम्म १० हजार ८ सय ७१ जनाको ज्यान गइसकेको छ ।

पछिल्लो आँकडा अनुसार एकैदिन ३० हजार ३ सय ३१ जना नयाँ संक्रमित थपिँदा संक्रमितको संख्या ३ लाख ६७ हजार ४ पुगेको छ । 

संक्रमितमध्ये ८ हजार ८ सय ७९ को स्थिती गम्भीर रहेको बताइएको छ ।

१९ हजार ६ सय ७१ संक्रमित भने निको भएर घर फर्किसकेका छन् ।

पछिल्लो केही समयदेखि अमेरिकामा मृतक र संक्रमितको संख्यामा वृद्धि भएको छ । 

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पलगायतक विभिन्न स्वास्थ्य विशेषज्ञले अबको दुई हप्ता अमेरिकी नागरिकका लागि सबैभन्दा पीडादायी समय हुने चेतावनी दिँदै आएका छन् ।


कस्तो लाग्यो ?

यो पनि