बैशाख २१, २०८१, शुक्रबार
               

भारतमा कति पुग्यो मृतकको संख्या ?

एजेन्सी
चैत २३, २०७६

ADVERTISEMENT

एजेन्सी । भारतमा कोरोना भाइरस संक्रमितको संख्या दिनप्रतिदिन बढिरहेको छ । 

भारतमा तीन हजार ६ सयभन्दा बढी मानिस कोरोना भाइरसबाट संक्रमित भइसकेका छन् ।

यसैबीच, कोरोना भाइरस (कोभिड-१९) संक्रमणका कारण भारतमा १०९ जनाको मृत्यु भएको छ ।

पछिल्लोपटका राजस्थानको जयपुरमा शनिबार राति ८२ वर्षीय  एक व्यक्तिको कोरोना संक्रमणका कारण ज्यान गएको छ । 

आइतबार उनको रिपोर्टमा कोरोना भाइरस पोजेटिभ देखिएको हो ।

गुजरातमा ६२ वर्षीया एक महिलाको पनि कोरोना भाइरसका मृत्यु भएको छ ।

शनिबार मात्र कोरोना भाइरस संक्रमणका कारण भारतका विभिन्न राज्यमा १४ जनाको मृत्यु भएको छ ।


कस्तो लाग्यो ?

यो पनि