जेठ ०१, २०८१, मंगलबार
               

जसले जन्माइन् कोभिड र कोरोना

एजेन्सी
चैत २३, २०७६

ADVERTISEMENT

एजेन्सी । संसारभर कोरोना भाइरसले महामारीको रुप लिइरहेको छ । 

कोरोना भाइरसको नाम सुन्नेबित्तिकै मानिसहरुमा डर उत्पन्न भइरहेको छ ।

तर भारत, छत्तीसगढको राजधानी रायपुरका एक दम्पतीको  जुम्ल्याहा बच्चाको नाम कोरोना र कोभिड राखिएको छ ।

दम्पतीको अनुसार, लकडाउनको समयमा डेलिभरीमा निकै समस्या भोग्नुपर्‍यो । त्यसकारण यसलाई हामीले यादगार बनाउन चाह्यौं ।

बच्चाका पिताले भने, हाम्रो दुई बच्चाको जन्म मार्च २६ रातको समयमा भयो । 

कोरोना भाइरस संक्रमणको जाखिम लाई मध्यनजर गर्दै पूरै देश लकडाउन छ ।

बच्चा जन्मेपछि आसपासका मानिसहरुले समेत कोरोना र कोभिड भनेर बोलाउने गर्न थालेका छन् । 

बच्चाका पिताका अनुसार छोरीको नाम कोरोना र छोराको नाम कोभिड राखिएको छ ।

बच्चाकी आमा प्रीतिका अनुसार, २६ मार्चमा उनलाई प्रसव पीडा भयो । लकडाउनका कारण अस्पतालसम्म पुग्नलाई कुनै साधन भेटिएन । 

निकै मुश्किलले १०२ महतारी एक्सप्रेस सेवा (एम्बुलेन्स) को व्यवस्था भयो । उनी अस्पताल पुगिन् । 

अस्पतालमा चिकित्सक र नर्सहरुले निकै सहयोग गरे । 

लकडाउनका कारण कोही आफन्त अस्पतालसम्म आउन सकेनन् ।

अस्पतालमा जुम्ल्याहा सन्तान जन्मेपछि अस्पतालमा रहेका अन्य मानिसहरुले बच्चाहरुको नाम कोरोना र कोभिड राखिदिएका हुन् ।

कठिन समय (लकडाउन) मा बच्चाको जन्म भएको बताउँदै यी दम्पतीले भने, हामीले बच्चाको नाम पछि अर्कै राख्नेछौं ।


कस्तो लाग्यो ?

यो पनि