बैशाख २०, २०८१, बिहीबार
               

कोरोना भाइरससँग किन डराएका छैनन् ट्रम्प ?

नेपाल फ्ल्यास
चैत २२, २०७६

ADVERTISEMENT

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफूले मास्क नलगाउने बताएका छन् । 

तर, अमेरिकामा जारी नयाँ स्वास्थ्य निर्देशनमा मानिसहरुलाई मास्क लगाउन भनिएको छ ।

यता ट्रम्पले भने आफूले मास्क नलगाउने बताएका छन् । ट्रम्पले भने, ‘तपाईंहरुले मलाई मेरो ओभल अफिसमा राष्ट्रपति, प्रधानमन्त्री, तानाशाह, राजा, रानीको स्वागत गर्दा मास्क लगाएको देख्न सक्नुहुन्नँ ।’

उनले शुक्रबार जारी निर्देशन बाध्यकारी नभएको पनि बताएका छन् ।

उनले भने, ‘तपाईंले यस्तो गर्नैपर्छ भन्ने छैन, मलाई लाग्दैन कि म मास्क लगाउनेछु ।’

अमेरिकामा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या २ लाख ८० हजार भन्दा बढी पुगिसकेको छ ।

मृतकको संख्या सात हजार नाघिसकेको छ । पछिल्लो २४ घण्टामा यहाँ ३२ हजार थप संक्रमित भेटिएका थिए ।

अमेरिकी जनतालाई सार्वजनिक स्थानमा मास्क लगाउन अथवा आफ्नो अनुहार सफा कपडाले ढाक्न आग्रह गरिएको छ ।


कस्तो लाग्यो ?

यो पनि