जेठ ०२, २०८१, बुधबार
               

अमेरिकामा कति भए बेरोजगार ?

नेपाल फ्ल्यास
चैत २२, २०७६

ADVERTISEMENT

एजेन्सी । कोरोना भाइरसका कारण अमेरिकामा बेरोजगारीको संख्या उल्लेख्य मात्रामा बढिरहेको छ । 

अमेरिकाको श्रम मन्त्रालयको तथ्यांक अनुसार मार्च २८ (शनिबार) सम्म (एक सातामा) ६६ लाखभन्दा बढी कामदारले बेरोजगारी भत्ताको लागि आवेदन दिएका छन् ।

अमेरिकाको इतिहासमा एक सातामा बेरोजगारी भत्ताको लागि आवेदन आएको यो सबैभन्दा बढी संख्या हो ।

यसअघिको हप्तामा ३३ लाख कामदारले बेरोजगारी भत्ताको लागि आवेदन दिएका थिए ।

दुई हप्तामा अमेरिकामा बेरोजगार हुनेको संख्या एक करोडसम्म पुगेको बताइएको छ ।

अमेरिकामा बेरोजगार हुनेको वास्तविक आँकडा यो भन्दा पनि बढी हरेको एक रिपोर्टले देखाएको छ ।

अब यस हप्ताको तथ्यांक आउन बाँकी छ । 

कोरोना भाइरसका कारण अमेरिकाका कम्पनीहरुले कर्मचारीलाई कामबाट निकालिरहेको छ ।


कस्तो लाग्यो ?

यो पनि