जेठ ०१, २०८१, मंगलबार
               

कोरोनाका कारण सोमालियाका पूर्वप्रधानमन्त्रीको मृत्यु

नेपाल फ्ल्यास
चैत २१, २०७६

ADVERTISEMENT

सोमालियाका पूर्वप्रधानमन्त्री नुर हसन हुसेनको कोरोना भाइरस (कोभिड–१९) का कारण निधन भएको छ । उनको उपचारका क्रममा लण्डनमा ८३ वर्षको उमेरमा निधन भएको हो ।

कोरोना भाइरस संक्रमण देखिएपछि उनी दुई सातादेखि किंग्स कलेज अस्पतालमा उपचाररत रहेका थिए । उनी सन् २००७ देखि २००९ सम्म सोमालियाको प्रधानमन्त्री बनेका उनी नुर एड्डेका नामले चर्चित थिए । उनको निधनमा सोमालियामा तीन दिने राष्ट्रिय शोकको घोषणा गरिएको छ ।

आफ्नो देश र जनताका लागि मृतकले गरेको प्रयास अतुलीय छ । यसको मूल्यांकन गर्दै तीन दिन राष्ट्रिय शोकको घोषणा गर्दछु र देशको झण्डा आधा झुकाउने निर्णय गर्दछु,’ राष्ट्रपति मोहम्मद अब्लुल्लाही फरमाजोले भनेका छन् ।

हुसेनको जन्म सन् १९७७ मा सोमालियाको राजधानी मोगादिसुमा भएको हो । त्यतिबेला सोमालिया इटलीको उपनिवेश थियो । उनले प्रहरीमा जागिर समेत खाएका थिए । सोमालिया सन् १९६० मा इटलीको उपनिवेशबाट मुक्त भयो । प्रहरीबाट जागिर छाडेपछि उनले रेडक्रसमा काम गरे भने त्यसपछि उनले इटलीकै राजदूतका रुपमा काम गरेका थिए


कस्तो लाग्यो ?

यो पनि