मंसिर ०७, २०८१, शुक्रबार
               

ट्रम्पको दोस्रोपटक कोरोना परीक्षण

नेपाल फ्ल्यास
चैत २१, २०७६

ADVERTISEMENT

संयुक्तराज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले गरैका दोस्रो परीक्षणमा पनि उनलाई कोरोना संक्रमण नदेखिएको ह्वाइट हाउसले जनाएको छ । 

ह्वाइट हाउसका फिजिसियन सिन कोन्लेले पछिल्लो पटक राष्ट्रपति ट्रम्पको कोरोनाभाइरस परीक्षण गरिएको र त्यसको नतिजा नकारात्मक आएको जानकारी दिए । उनले ट्रम्पको कोरोना परीक्षणका लागि नयाँ, तिब्र परीक्षण प्रविधि प्रयोग गरिएको बताए । 

फिचिसियन कोन्लेले राष्ट्रपति ट्रम्पको नमूना लिन एक मिनेट लागेको र १५ मिनेटभित्रै नतिजा आएको पनि जानकारी दिए । कोरोना भाइरस कार्यदलको बैठकपछि बोल्दै राष्ट्रपति ट्रम्पले कोरोना भाइरससँग संघर्षरत नर्सिङ होमका लागि नयाँ निर्देशिका जारी गरिएको पनि बताए । यसअघि जारी गरिएको निर्देशिकामा नर्सिङ होमहरूलाई अरू बिरामीको उपचारलाई सीमित गर्न आदेश दिइएको थियो ।

संयुक्तराज्य अमेरिका अहिले कोरोना भाइरसको संक्रमणका दृष्टिले सर्वाधिक खतरापूर्ण अवस्थामा पुगेको छ । अमेरिकामा ६ हजारभन्दा बढीको मृत्यु भइसकेको छ भने २ लाख ४५ हजारभन्दा बढी संक्रमित भएका छन् । 


कस्तो लाग्यो ?

यो पनि