जेठ ०१, २०८१, मंगलबार
               

इटलीका जनताले फालेकै हुन् त पैसा ? यस्तो छ वास्तविकता

एजेन्सी
चैत २१, २०७६

ADVERTISEMENT

एजेन्सी । कोरोना भाइरसको आक्रमणबाट युरोपमा इटली नराम्रोसँग प्रभावित भएको छ ।

युरोपमा पहिलो पटक लकडाउन गर्ने देश पनि इटली हो । हजारौं मानिसको मृत्युपछि इटलीका मानिस निकै तनावमा छन् । देशभर महामारी फैलिएपछि मानिसमा तनाव उत्पन्न हुनु स्वभाविकै हो ।

यसैबीच, सामाजिक सञ्जालमा केही तस्विर पछिल्लो समयमा निकै भाइरल भइरहेको छ ।

तस्विर शेयर गर्दै भनिएको छ, 'इटलीका सडक, गल्लीहरुमा पैसा फालिएको छ, पैसा नै सबथोक होइन रहेछ, मानिसको लागि ठूलो उसको ज्यान हो ।' यस्तै यस्तै क्याप्सनसहित केही तस्विर यतिबेला सामाजि सञ्जालमा भाइरल भइरहेको छ । 

'मान्छे नै नबचेपछि लकडाउनको समयमा यो पैसा राखेर के काम ? पैसाको केही जरुरत छैन' भन्दै धेरैले यी तस्विर शेयर समेत गरेका छन् ।

अब प्रश्न उठ्छ, के यो सत्य हो त ? जहाँसम्म सडकमा, गल्ली गल्लीमा पैसा फालिएको तस्विर छ, त्यो तस्विर साँचो हो, वास्तविक हो । तर, यी तस्विरसँग इटलीको भने कुनै सम्बन्ध छैन ।

सन् २०१९ मार्चको तस्विर यतिबेला सामाजिक सञ्जालमा भाइरल भइरहेको हो । जबकि त्यस समयमा संसारले कोरोना भाइरस (कोभिड १९) को नाम नै सुनेको थिएन ।

यस्तो छ वास्तविकता 

खराब अवस्थाबाट गुज्रिरहेको ल्याटिन अमेरिकन देश भेनेजुएला सरकारले २०१८ अगस्टमा आफ्नो करेन्सी (मुद्रा) परिवर्तन गर्ने निर्णय गरेको थियो ।

त्यसपछि उसले आफ्नो पुरानो मुद्रा Bolívar Fuerte को स्थानमा Bolivar Soberano मुद्रा चलाउने निर्णय गर्‍यो ।

परिणामस्वरुप पुराना मुद्राको कुनै महत्व रहेन । त्यसपछि त्यहाँका मानिसहरुले पुरानो नोट सडकमा फाल्न सुरु गरे । कतिले पुराना पैसा जलाएका थिए । 

एक वर्षभन्दा अघिको भेनेजुएलाको उक्त तस्विर अहिले इटलीको तस्विर भनेर सामाजिक सञ्जालमा भाइरल भइरहेको हो ।


कस्तो लाग्यो ?

यो पनि