जेठ ०२, २०८१, बुधबार
               

पाकिस्तानमा 'नो लकडाउन', यस्तो छ संक्रमणको अवस्था

एजेन्सी
चैत २१, २०७६

ADVERTISEMENT

एजेन्सी । विश्वका अधिकांश देशमा कोरोना भाइरसले महामारीको रुप लिइरहेको छ ।

कोरोना भाइरस संक्रमणको जोखिमलाई नियन्त्रण गर्न विभिन्न देशले विभिन्न उपाय अपनाइरहेका छन् ।

यसैबीच, पाकिस्तान सरकारले देशमा आंशिक लकडाउन गरेको छ ।

पाकिस्तानका प्रधानमन्त्री इमरान खानका अनुसार, देशमा पूर्ण लकडाउन गर्न असम्भव छ । 

नागरिकलाई स्वेच्छाले घरमा बस्न आग्रह गरिएको छ । 

देशमा पूर्ण रुपमा लकडाउन गर्ने हो भने, देशको अर्थव्यवस्था तहसनहस हुने इरमरानको तर्क छ । यसकारण उनी पूर्ण लकडाउनको पक्षमा छैनन् ।

पाकिस्तानका बजार, सार्वजनिक परिवहन, अन्तर्राष्ट्रिय उडान, स्कुल, कलेज तथा विश्वविद्यालय बन्द छ । 

भारत, इरान र पाकिस्तानसँग जोडिएको सीमा नाकामा सील गरिएको छ ।

पाकिस्तान सरकारले मस्जिदमा शुक्रबार हुने सामूहिक नमाज समेत बन्द गरिदिएको छ ।

पाकिस्तानमा अहिलेसम्म २,२९१ जनामा कोरोना संक्रमण देखिएको छ । कोरोना भाइरस संक्रमणबाट पाकिस्तानमा ३१ जनाको ज्यान गइसकेको छ ।

इस्लामाबादस्थित कम्युनिटी हेल्थ एक्सपर्ट डा. जीशानका अनुसार, स्वास्थ्य सामग्रीका कारण कोरोना विरुद्ध लड्न कठिन भइरहेको छ ।

पाकिस्तानको स्वास्थ्य विभागका अनुसार, पाकिस्तानमा मात्र २५ हजार टेस्टिङ किट छ ।


कस्तो लाग्यो ?

यो पनि