जेठ ०२, २०८१, बुधबार
               

कोरोना संक्रमणका कारण ५३,२०० भन्दा बढीको मृत्यु

एजेन्सी
चैत २१, २०७६

ADVERTISEMENT

एजेन्सी । कोरोना भाइरस संक्रमणको कारण विश्वभर ५३ हजार २ सय भन्दा बढीको मृत्यु भइसकेको छ ।

त्यसैगरी १० लाख १५ हजारभन्दा बढी मानिस यस भाइरसबाट संक्रमित भएका छन् ।

२ लाख १२ हजार कोरोना संक्रमित बिरामी निको भएर घर फर्किसकेका छन् ।

अमेरिकामा मात्रै कोरोना भाइरस संक्रमणका कारण ६ हजार भन्दा बढीको मृत्यु भइसकेको छ । त्यहाँ संक्रमितको संख्या २ लाख ५० हजारभन्दा बढी पुगेको छ ।

युरोपमा मृतकको संख्या अहिलेसम्म सबैभन्दा धेरै छ । इटलीमा १३ हजार ९ सय १५ जनाको मृत्यु भएको छ । 

स्पेनमा १० हजार ३ सय ४८ मानिसको कोरोना भाइरस संक्रमणका कारण मृत्यु भइसकेको छ ।

यता नेपालको छिमेकी राष्ट्र भारतमा कोरोना संक्रमितको संख्या  २ हजार ५ सयभन्दा बढी पुगिसकेको छ । संक्रमणका कारण भारतमा ७२ जनाको मृत्यु भइसकेको छ । १९१ मानिस निको भएर घर फर्किएका छन् ।


कस्तो लाग्यो ?

यो पनि