जेठ ०२, २०८१, बुधबार
               

कोरोना भाइरसबाट ६ हप्ताकाे शिशुको मृत्यु

नेपाल फ्ल्यास
चैत २०, २०७६

ADVERTISEMENT

संयुक्तराज्य अमेरिकाको कनेक्टीकट राज्यमा एक जना ६ हप्ताको शिशुको मृत्यु भएको राज्यका गभर्नर नेड ल्यामोन्टले बताएका छन्। 

गभर्नर ल्यामोन्टले कोरोनाभाइरसका कारण राज्यमा पहिलो पटक एक शिशुको मृत्यु भएको जानकारी दिए ।  ट्वीट गर्दै गभर्नर ल्यामोन्टले भने, “यही कारण हामीले मानिसहरुलाई घरभित्रै बस्न र अरूसँग बाक्लो भेटघाट नगर्न आग्रह गरेका हौं । तपाइँको आफ्नै र अरू धेरैको जीवन वास्तवमै यसमा निर्भर छ ।”

स्वास्थ्य परीक्षण गर्दा यी बच्चामा कोविड–१९ को संक्रमण देखिएको पनि गभर्नरले बताए । कोविड–१९ का कारण यति कम उमेरका बच्चाको मृत्यु भएको संभवत विश्वमै पहिलो घटना हो, गभर्नर ल्यामोन्टले भने ।

कनेक्टीकट राज्यको हार्टफोर्ड क्षेत्रका यी नवजात शिशुलाई गत साता अस्पताल ल्याइएको थियो । तर चिकित्सकहरुले उनलाई बचाउन सकेनन् । हार्टफोर्डका मेयर ल्युक ब्रोनिनले पनि नवजात शिशुको मृत्यु भएको पुष्टी गर्नु भएको छ । 

कनेक्टीकट राज्यमा बुधबारसम्ममा तीन हजार ५०० भन्दा बढी मानिसमा कोरोना संक्रमण देखिएको छ । तीमध्ये ८५ जनाको मृत्यु भएको छ । 


कस्तो लाग्यो ?

यो पनि