एजेन्सी । कोरोना भाइरस संक्रमणको कारण भारतमा मृत्यु हुनेको संख्या दिनप्रतिदिन बढ्दै गइरहेको छ ।
बिहीबार थप पाँच जना कोरोना संक्रमितको ज्यान गएको छ ।
योसँगै भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६७ पुगेको छ ।
भारतमा कोरोना संक्रमणबाट १५०० भन्दा बढी मानिस संक्रमित भएका छन् ।
कोरोना भाइरस संक्रमणको जोखिमलाई मध्यनजर गर्दै भारतमा २१ दिने लकडाउन जारी छ ।