जेठ ०३, २०८१, बिहीबार
               

१०० वर्षअघि पनि मास्कले जोगाएको थियो ज्यान, कोरोनाभन्दा खतरनाक त्यो भाइरस (तस्विरसहित)

एजेन्सी
चैत २०, २०७६

ADVERTISEMENT

एजेन्सी । करिब १०० वर्षअघिको कुरा हो । त्यस समयमा पनि दुनियामा एक महामारी फैलिएको थियो । 

वर्ष थियो, सन् १९१८ । महामारीको नाम थियो, स्पेनिस फ्लू । अहिलेको कोरोना भाइरसभन्दा पनि खतरनाक । 

त्यस समयमा पनि मानिसहरु मास्क लगाएर हिडिरहेका थिए । र त्यही मास्कले मानिसहरुलाई उक्त फ्लू संक्रमण हुनबाट जोगाएको थियो ।

यसकारण यो पहिलो पटक भएको छैन कि, महामारीलाई लिएर हजारौं संख्यामा मासिको ज्यान गइहरेको छ र प्राय मानिसहरु एक अचम्मको बेचैनी तथा उकुसमुकुसमा छन् ।

कोरोना भाइरसबाट विश्वभर ८ दाख ५८ हजारभन्दा बढी मानिस संक्रमित भइसकेका छन् । ४७ हजारभन्दा बढी मानिसको ज्यान गइसकेको छ ।

स्पेनिस फ्लूले विश्वको एक तिहाई जनसंख्यालाई आफ्नो चपेटामा लिएको थियो । उक्त फ्लूबाट पाँच करोडको मृत्यु भएको थियो ।

यो तथ्यांक पहिलो विश्व युद्ध सुरु भएदेखि चार वर्षसम्मको अवधिमा भएको मृत्यु भन्दा चार गुणाले बढी हो ।

आज पनि त्यस समयको महामारीको तस्विर हेरेर यो अन्दाज लगाउन सकिन्छ कि, त्यस समय स्पेनिस फ्लूको कहर कस्तो थियो ।

सुरुमा अमेरिकामा फैलियो

स्पेनिस फ्लू सबैभन्दा पहिले अमेरिकामा फैलिएको थियो । त्यसपछि यो फ्लू युरोप, अफ्रिका लगायत एसियाको केही क्षेत्रमा फैलियो । 

नेसनल आर्काइभमा रहेको दस्तावेजअनुसार यस इन्फ्लुएन्जाले एक वषएमा दुई अलग अलग फेजमा विश्वभर पहिलोपटक हमला गरेको थियो ।

पहिलो लक्षण तीन दिनको खोकीबाट देखिन सुरु हुन्थ्यो । पीडित जब बिमारीबाट उठ्न खोज्थ्यो तब फ्लूले फेरि आक्रमण गर्दथ्यो ।

फ्लूले पीडितको हालत यतिसम्म गम्भीर हुन्थ्यो कि ज्यान बच्ने कुनै सम्भावना नै हुँदैनथ्यो । फ्लूले आक्रमण गरेको केही घण्टा देखि केही दिनभित्र बिरामीको मृत्यु हुन्थ्यो ।

पहिचान गर्न मुश्किल

वैज्ञानिक, चिकित्सक तथा स्वास्थ्यकर्मीका अनुसार यस बिमारीको पहिचान गर्न निकै मुश्किल थियो ।

यति तिव्र गतिमा यो फैलियो कि, यसलाई नियन्त्रणमा लिन असम्भव जस्तो थियो । त्यस समयमा उक्त महामारीको न कुनै उपचार थियो न कुनै औषधि न त भ्याक्सिन नै ।

प्रभावित इलाकामा मानिसहरुलाई सावधानी अपनाउन सल्लाह मात्र दिइन्थ्यो । महामारीबाट बच्न मानिसहरुलाई मास्क लगाउन आग्रह गरिएको थियो ।

त्यस समयमा स्कुल, थिएटर तथा व्यावार व्यवसाय पूर्ण रुपमा बन्द गरिएको थियो । मानिसहरु घरभित्रै बस्ने गर्दथे ।

तस्विरमा हेर्नुहोस् फ्लूको महामारी: 

१९१८ डिसेम्बरमा अमेरिकी सेनाको ३९ औं रेजिमेन्ट फ्लूबाट बच्न मास्क लगाएर फ्रान्स जाँदै ।

फ्लूबाट बच्न क्यानडामा सबै स्कुल, चर्च, थिएटरलगायत सबै स्थानमा ताला लगाइएको थियो ।

अमेरिकामा बिरामीको उद्धार गरिँदै ।

अमेरिकाको एक अस्पतालमा स्पेनिस फ्लूका बिरामी ।

मास्कसहित प्रहरी । रेड क्रसले यो मास्क बनाउने गर्दथ्यो ।

प्रथम विश्व युद्धको समयमा फ्रान्समा बनाइएको अमेरिकी सेना शिविर अस्पतालको तस्विर । १० देखि ४० प्रतिशत अमेरिकी सैनिक स्पेनिस फ्लूका कारण बिरामी भएका थिए ।

१९१८ नोभेम्बर को तस्विर । स्पेनिस फ्लूकी बिरामी एक महिला बेडमा सुतिरहेकी छिन् । साथमा उनकी छोरी छटपटाइहरेकी छिन् ।

रेड क्रसका कर्मचारीहरु मास्क बनाउँदै

टेलिफोन अपरेटर मास्क लगाएर काम गर्दै ।

स्पेनिस फ्लूबाट बच्न जापानको स्कूलका छात्राले प्रोटेक्टिभ मास्क प्रयोग गरेका थिए ।

अमेरिकाको अस्पतालमा भर्ना भएका इन्फ्लुएन्जाका बिरामीहरु ।

१९१८ फेब्रुअरी १७ को तस्विर । भाइरसबाट बच्न महिलाले मास्क लगाएर काम गर्दै ।

१९१९ मार्च ८ को तस्विर । स्पेनिस फ्लूबाट मृत्यु भएका अमेरिकी सैनिकको अन्त्येष्टि गरिएको ठाउँ ।

१९२० मार्च २ को तस्विर । युकेमा बसमा एन्टी फ्लू ग्यास छर्किंदै ।


कस्तो लाग्यो ?

यो पनि