एजेन्सी । कोरोना भाइरस संक्रमणको बेला फिलिपिन्सका राष्ट्रपतिले कडा कदम चलाएका छन् ।
फिलिपिन्सी राष्ट्रपति रोड्रिगो डुटर्टेले देशमा कोरोना भाइरसले त्रसित भइरहेको समयमा लकडाउन उल्लंघन गरेर घरबाहिर सडकमा निस्कने जनतालाई सिधै गोली हान्ने फिलिपिन्सका सेनालाई आदेश दिएका छन् ।
एक महिने लकडाउनको समयमा लुजोनको टापुमा उल्लंघन गर्ने जाे कोहीलाई पनि गोली हान्न उनले आदेश दिएका हुन् ।