जेठ ०२, २०८१, बुधबार
               

चीनमा थप ३६ जनामा कोरोना संक्रमण

एजेन्सी
चैत १९, २०७६

ADVERTISEMENT

एजेन्सी । चीनमा थप ३६ जना व्यक्तिमा हिजो (मङ्गलबार) कोरोना भाइरस सङ्क्रमण देखिएको चिनियाँ स्वास्थ्य अधिकारीहरुले बुधवार जानकारी दिएका छन् ।   

मङ्गलबार कोरोना भाइरस सङ्क्रमित देखिएका ३६ जनामा ३५ चीनकै नभएर बाहिरबाट आएका समाचारमा जनाइएको छ । 

एक जना मात्र चीनको गुआङ्डोङ प्रान्तको भएको बताइएको छ ।
 
यसैगरी मङ्गबार कोरोना भाइरस सङ्क्रमणको कारण सात जनाको मृत्यु भएको जनाइएको छ । 

मृत्यु भएका सात व्यक्तिमा ६ जना हुबेई प्रान्तको एक जना शाघाईका रहेका छन् । 

चीनको हुबेइ प्रान्तको उहान शहरबाट गत डिसेम्बरको अन्त्यबाट शुरु भएको कोभिड–१९ बाट विश्वभरी आजसम्म ४२ हजार ३४४ को मृत्यु भईसकेको छ  ।

यस प्रकोपबाट चीनमा ८१ हजार ५५४ कुल सङ्क्रमित भएका छन् भने, तीन हजार ३१२ को मृत्यु भएको छ । यसैबीच ७६ हजार २३८ निको भएर घर फर्किएका छन् ।


कस्तो लाग्यो ?

यो पनि