जेठ ०२, २०८१, बुधबार
               

कोरोना संक्रमणबाट गोरखपुरमा २५ वर्षीय युवकको मृत्यु

एजेन्सी
चैत १९, २०७६

ADVERTISEMENT

एजेन्सी । कोरोना भाइरस संक्रमणका कारण एक २५ वर्षीय युवकको मृत्यु भएको छ ।

भारत, उत्तर प्रदेशको गोरखपुरमा कोरोना भाइरस संक्रमित २५ वर्षीय युवकको मृत्यु भएको हो ।

उत्तर प्रदेशमा कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको यो पहिलो घटना हो ।

युवकको सोमबार बिआरडी मेडिकल कलेजमा मृत्यु भएको हो । उनको स्वास्थ्य परीक्षण्को रिपोर्टमा कोरोना भाइरस पोजेटिभ भेटिएको अस्पतालले पुष्टि गरेको छ । 

बिआरडी मेडिकल कलेजमा भएको स्वास्थ्य जाँचमा उनमा कोरोना संक्रमण पोजेटिभ पाइएको थियो । त्यसपछि फेरि दोस्रो पटक लखनउको केजिएमयू ल्याबमा परीक्षण गर्दा पनि कोरोना भारइस पोजेटिभ रहेको रिपोर्ट आएको थियो ।

भारतमा कम उमेरको व्यक्तिको कोरोना संक्रमणबाट मृत्यु भएको यो पहिलो घटना हो । 

यसअघि बिहारमा ३८ वर्षीय व्यक्तिको कोरोना संक्रमणका कारण ज्यान गएको थियो ।

चिकित्सकका अनुसार पछिल्लो तीन चार महिनामा उनले कही यात्रा नगरेको पाइएको छ । तर यसअघि उनी (अन्य स्वास्थ्य समस्याका कारण) बिरामी भइरहने गरेको अस्पतालले जानकारी दिएको छ ।

भारतमा कोरोना भाइरस संक्रमितको संख्या करिब १३०० भन्दा बढी पुगेको छ । ३५ भन्दा बढीको ज्यान गइसकेको छ ।


कस्तो लाग्यो ?

यो पनि