जेठ ०३, २०८१, बिहीबार
               

जसले कोरोनाभाइरस नियन्त्रणका लागि फेरि गरे सहयोग

एजेन्सी
चैत १९, २०७६

ADVERTISEMENT

एजेन्सी । हलिउडका चर्चित अभिनेता रेयान रेनाल्ड र ब्लेक लाइभलीले कोरोना भाइरसको उपचारका लागि पुनः आर्थिक सहयोग गरेका छन् । 

यो जोडीले न्यूयोर्कको एक अस्पताललाई चार लाख डलर आर्थिक सहयोग गरेका हुन् ।

यसअघि पनि यो जोडीले पहिले पनि कोरोना भाइरसबाट पीडित व्यक्तिका लागि आर्थिक सहयोग गरेका थिए ।

कोरोनाभाइरस संक्रमणका कारण अमेरिकाको अवस्था निकै खराब भइरहेका छ । 

अमेरिकामा कोरोना भाइरस संक्रमणबाट  तीन हजारभन्दा बढी मानिसको मृत्यु भइसकेको छ भने लाखौ संक्रमित भइरहेका छन् । 

रेनाल्डस र उनीकी पत्नी मिलेर एक अर्कालाई सहयोग गर्न र सर्तकर्ता अपनाउन आग्रह गरेका छन् । 


कस्तो लाग्यो ?

यो पनि