जेठ ०३, २०८१, बिहीबार
               

चिकित्सकलाई नै कोरोना संक्रमण, भारतमा कति पुग्यो मृतकको संख्या ?

एजेन्सी
चैत १९, २०७६

ADVERTISEMENT

एजेन्सी । भारतको राजधानी दिल्लीस्थित एक सरकारी अस्पतालका चिकित्सकलाई कोरोना संक्रमणको पुष्टि भएको छ ।

यसअघि मौजपुर र बाबरपुर इलाकामा रहेको क्लिनिकका चिकित्सकलाई समेत कोरोना भाइरस पोजेटिभ देखिएको थियो ।

भारतका विभिन्न राज्यमा कोरोना संक्रमितको संख्या बढ्दै गइरहेको छ ।

मंगलबार दिल्लीको बाबरपुर इलाकाको मोहल्ला क्लिनिकमा कार्यरत चिकित्सकलाई कोरोना संक्रमण भएको थियो ।

त्यसपछि स्थानीय प्रशासनले यस इलाकामा एक अपिल जारी गरेको छ । अपिलमा भनिएको छ, जो पनि बिरामी वा अन्य मानिस मार्च १२ देखि मार्च २० को बीचको समयमा उक्त क्लिनिकमा गएका थिए, उनीहरु १५ दिन आफ्नो घरमा क्वारेन्टाइनमा बस्नुहोला ।

यसअघि उत्तर पूर्वी दिल्लीको मौजपुर इलाकाको मोहल्ला क्लिनिकका चिकित्सकलाई पनि कोरोना भाइरस संक्रमण भएको थियो ।

भारतमा कोरोना भाइरसबाट १४०० व्यक्ति संक्रमित भएका छन् ।

संक्रमितमध्ये १२४ मानिस निको भइसकेका छन् । भारतमा ४९ जना विदेशी नागरिक कोरोना संक्रमित रहेको बताइएको छ ।

भारतमा कोेरोना भाइरस संक्रमणबाट ३५ जनाको ज्यान गइसकेको छ । कोरोना भाइरसबाट सबैभन्दा बढी महाराष्ट्र प्रभावित छ । महाराष्ट्रमा मात्रै १० जनाको मृत्यु भइसकेको छ ।


कस्तो लाग्यो ?

यो पनि