जेठ ०२, २०८१, बुधबार
               

अमेरिकन नागरिकलाई राष्ट्रपति ट्रम्पको यस्तो आग्रह

नेपाल फ्ल्यास
चैत १९, २०७६

ADVERTISEMENT

बिबिसी । विश्वभर कोरोना भाइरसको संक्रमणबाट आठ लाख ५८ हजारभन्दा बढी मानिस संक्रमित भइसकेका छन् ।

यस भाइरसको संक्रमणबाट ४२ हजार १५८ भन्दा बढी मानिसले ज्यान गुमाइसकेका छन् । 

एक लाख ७८ हजारभन्दा बढी संक्रमित व्यक्ति निको भएका छन् ।

अमेरिकामा एक दिनमा ७७० मानिसको मृत्यु भएको छ । योसँगै अमेरिकामा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या तीन हजार ८८९ पुगेको छ ।

अमेरिकाले कोरोनाभाइरस सङ्क्रमणका कारण मृत्यु हुनेको संख्यामा चीनलाई उछिनेको पृष्ठभूमिमा बोल्दै राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकीहरूलाई आगामी दुई साताको समय 'निकै असहज र चुनौतीपूर्ण हुने' बताएका छन्।

उनले अमेरिका 'अहिलेसम्म कहिल्यै सामना नगरिएको परीक्षामा रहेको' बताएका छन्।

ह्वाइटहाउसले अमेरिकामा महामारीले एक लाखदेखि दुई लाख ४० हजारको बीचमा मानिसहरूको ज्यान लिनसक्ने जनाएको छ। 

ट्रम्पले भने,  'सबै अमेरिकी नागरिकहरु अब आउने मुश्किल दिनको लागि तयार रहनुहोस् । यो देशको रालि परीक्षाको घडी हो । पहिले हामीले यस्तो संकटको कहिल्यै पनि सामना गरेका थिएनौं ।'

संक्रमण नियन्त्रणको लागि उनले सबैमा एकजुटता र प्रेम देखाउन आग्रह गरेका छन् । जीवत र मृत्युको सवालको विषय हुँदा सबैलाई सजग र सचेत रहन ट्रम्पले आग्रह गरेका छन् ।

चीनमा भन्दा धेरैको मृत्यु

विश्वमै सबैभन्दा धेरै सङ्क्रमित रहेको अमेरिकामा अहिलेसम्म तीन हजार छ सयभन्दा बढीले ज्यान गुमाइसकेका छन्।

अधिकारीहरूले त्यहाँ तीस दिनको सामाजिक दूरी कायम गर्नेजस्ता कदमले सङ्क्रमितको सङ्ख्या कम गर्ने बताएका छन्।

तर सुरुमा यस भाइरसलाई 'मौसमी रुघाखोकी' भन्दै कम आँकेको र ढिलो कदमहरू चालेको भन्दै ट्रम्प आलोचित बन्दै आएका छन्।

ट्रम्पले भने चीनमा भाइरसको सङ्क्रमण सुरु भएदेखि नै आफू यसको क्रूरताबारे सचेत भएको बताएका छन्।

आशाको संचार

पहिलेदेखि नै मानिसहरू नआत्तिउन् भन्ने आफूले चाहेको बताउँदै ट्रम्पले भनेस् 'आशा गरौँ यो महिनाको अन्त्यसम्म यो जानेछ।'

'यस युद्ध जित्न हामी सबैको साझा भूमिका छ।'

ह्वाइटहाउसका कोरोनाभाइरस मामिला हेर्ने संयोजक डा डेबोरा ब्रिक्सले यस सङ्कटबाट पार पाउन 'कुनै जादुजस्तो खोप वा चिकित्साविधान नरहेको' बताइन्।

'तर मानिसहरूको व्यवहारमा परिवर्तन ल्याएर आउँदा तीस दिनमा नयाँ मोड दिन सकिन्छ', उनले भनिन्।

ट्रम्पले यसअघि आफूले बताएको एउटा औलोविरूद्धको उपचारपद्धति कोभिड १९ का लागि संभवत 'पूर्णपरिवर्तनकारी' हुनसक्ने भनाइमा पुनः जोड दिएका छन्।

उनले कोरोनाभाइरसविरूद्धको खोपको प्रगति आफूले अधिकारीहरूलाई दैनिक सोध्ने पहिलो प्रश्न रहने गरेको बताए।

नौसेनाद्वारा जीवनरक्षाको आग्रह

लडाकू विमानहरू बोक्ने विश्वको एउटा ठूलो युद्धपोत यूएसएस थियडोर रुजवेल्टका कमाण्डरले भाइरस सङ्क्रमणको जोखिम बढेकोले जहाजमा रहेका चार हजारभन्दा बढी नौसैनिकहरूको जीवनरक्षा गर्न आग्रह गरेका छन्।

अमेरिकी नौसेनाको नेतृत्वलाई क्याप्टेन ब्रेट क्रोजिअरले लेखेको चार पृष्ठ लामो एउटा विस्तृत पत्रमा सङ्क्रमणको फैलावटसँग जुझ्नका लागि युद्धपोतमा स्थान अभाव भएको बताइएको छ।

क्रोजिअरले आफ्नो पत्रमा प्रभावित सैनिकहरूलाई पानीजहाजबाट हटाउन र एक्ल्याएर राख्न 'निर्णायक कदम'को माग गरेका छन्।

क्याप्टेन क्रोजिअरले भनेका छन् - 'हामी युद्धमा छैनौँ। त्यसैले नौसैनिकहरू मर्ने अवस्था आउनु हुँदैन।'

हाल उक्त जहाज अहिले प्रशान्त महासागरको पश्चिममा पर्ने अमेरिकी भूभाग ग्वाम टापुमा छ।


कस्तो लाग्यो ?

यो पनि