जेठ ०१, २०८१, मंगलबार
               

कोरोनाबाट फ्रान्समा गुमाए एकैदिन ४९९ जनाले ज्यान

नेपाल फ्ल्यास
चैत १९, २०७६

ADVERTISEMENT

एजेन्सी । विश्वभर महामारीका रूपले फैलिएको कोरोना भाइरसको संक्रमणबाट फ्रान्समा एकैदिन ४ सय ९९ जनाले ज्यान गुमाएका छन् ।

 फ्रान्सका स्वास्थ्य सेवाका निर्देशक जेरोमी सोलोमनका अनुसार कोरोनाको संक्रमणबाट एकैदिन ४ सय ९९ जनाले ज्यान गुमाएका हुन् ।

अहिलेसम्म फ्रान्समा ज्यान गुमाउँनेको संख्या ३ हजार ५ सय २३ पुगेको छ । त्यस्तै, काेरोनाबाट संक्रमितको कुल संख्या फ्रान्समा ५२,१२८ पुगेको जनाइएको छ ।
 


कस्तो लाग्यो ?

यो पनि