जेठ ०१, २०८१, मंगलबार
               

भारतका प्रख्यात गायिका लता मंगेशकरद्वारा २५ लाख सहयोग

नेपाल फ्ल्यास
चैत १८, २०७६

ADVERTISEMENT

भारतका प्रख्यात गायिका लता मंगेशकरले विश्वमा महामारीका रुपमा फैलिएको कोरोना भाइरसको सङक्रमण रोक्नको लागि महाराष्ट्रको मुख्यमन्त्रीको राहत कोषमा २५ लाख सहयोग गर्ने बताएकी छन् । 

कोरोना भाइरसबिरुद्ध लडाईंमा देशलाई समर्थन गर्न मनोरञ्जन क्षेत्रका व्यक्तित्वहरूका नाम यसअघि नै नामसूचीमा दर्ता भइसकेको छ ।
सोमबार गायक अदनान सामीले रकम खुलासा नगरी मुख्यमन्त्री राहत कोषमा आफ्नो समर्थन र योगदान पुर्‍याउने घोषणा गरेका थिए । 

यसैगरी बलिउड क्षेत्रका अक्षय कुमार, कपिल शर्मा, शिल्पा शेट्टी, राजकुमार राव, वरुण धवन, विक्की कौशल, आलिया भट्ट र सारा अली खानले कोभिड –१९ विरुद्धको लडाईलाई समर्थन गर्न सहयोग पुर्‍याउने घोषणा गरिसकेका छन् । 

भारतका प्रधान मन्त्री नरेन्द्र मोदीले कोरोना भाइरस फैलिन नदिन २१ दिनको ‘लकडाउन’ को घोषणा गरिसकेका छन् । 


कस्तो लाग्यो ?

यो पनि