जेठ ०२, २०८१, बुधबार
               

चीनको दबाबमा डब्लुएचओले कोरोनाको सूचना लुकाएको आरोप

नेपाल फ्ल्यास
चैत १८, २०७६

ADVERTISEMENT

एजेन्सी । कोरोना भाइरसको ईपिसेन्टर चीनको दबाबमा विश्व स्वास्थ्य संगठनले कोरोना सम्बन्धी सूचना लुकाएको ताइवानले आरोप लगाएको छ । ताइवानको विदेश मन्त्रालयले यस्तो आरोप लगाएको हो । मन्त्रालयले डब्लुएचओसँग जोडिएका सदस्य राष्ट्रहरूका कोरोना केस र उपचार विधि समेत बाहिर नल्याएको आरोप लगाएको छ ।

चीनले ताइवानलाई आफ्नो हिस्साका रुपमा लिने गरेको छ । यसैले चीनको दबाबमा डब्लुएचओले अहिलेसम्म ताइवानलाई सदस्य राष्ट्रको रुपमा मान्यता दिएको छैन ।  ताइवानले कोरोना महामारीका नाममा डब्लुएचओले आफ्नो मुलुकविरुद्ध खेल खेलिरहेको आरोप समेत लगाएको छ ।

उक्त देशमा कोरोना महामारीबाट बच्न सुरुमै कडा कदम चालेकोले त्यति धेरै क्षति नभएका खबर बाहिर आइरहेको छ । विश्व स्वास्थ्य संगठनले कोरोनाको सुरुवातका विषयमा सोधिएको प्रश्नलाई बेवास्ता गर्दै आएको ताइवानको आरोप छ । विश्व स्वास्थ्य संगठनले केही दिनअघि एक विज्ञप्ति जारी गर्दै कोरोना भाइरसको नियन्त्रणका लागि ताइवानले कडा कदम चालेको बताउँदै त्यहाँका विशेषज्ञहरूसँग आफुले मिलेर काम गर्ने प्रतिबद्धता जनाएको थियो ।  
 


कस्तो लाग्यो ?

यो पनि