जेठ ०२, २०८१, बुधबार
               

गाउँ हिँडेका ३४ जनाको सडकमै मृत्यु

एजेन्सी
चैत १८, २०७६

ADVERTISEMENT

एजेन्सी । कोरोना भाइरसको संक्रमण नियन्त्रणको लागि ला भारतमा २१ दिन लकडाउन जारी छ । 

मार्च २४ देखि देखि सुरु भएको लकडाउन अप्रिल १४ जारी रहनेछ । 

लकडाउनबाट निम्न आय स्रोत भएका, दैनिक मजदुरी गरेर पेट पाल्न बाध्य वर्ग नराम्रोसँग प्रभावित भएका छन् ।

गाउँ–गाउँबाट जीवनयापनका लागि शहर आएका मानिस यतिबेला संकटमा छन् ।

लकडाउनका कारण यस्ता मजदुरका लागि राहत तथा खर्च सम्बोधन गर्न सकिएको छैन । 

शहर जब पूरै बन्द भयो तब मजदुर भोक प्यासको मतलव नगरी हिँडेर नै आफ्नो घर (गाउँ) पुग्न भनी शहरबाट निस्किए ।

यो यात्रामा कतिले आफ्नो ज्यान नै गुमाउनु पर्‍यो । कसैलाई गाडीले ठक्कर दिए, कतिको हिँड्दा-हिँड्दै मृत्यु भयो । 

यसरी शहरबाट हिँडेर गाउँ जानेहरुमध्ये अहिलेसम्म ३४ जनाको मृत्यु भएको भारतीय सञ्चार माध्यमले जानकारी दिएका छन् ।

यसैबीच, कोरोना भाइरस संक्रमणका कारण भारतमा ३९ जनाको मृत्यु भइसकेको छ ।


कस्तो लाग्यो ?

यो पनि