जेठ ०१, २०८१, मंगलबार
               

जिबी रोडका यौनकर्मीको बिजोग

एजेन्सी
चैत १८, २०७६

ADVERTISEMENT

एजेन्सी । कोरोना भाइरस संक्रमणको जोखिमलाई मध्यनजर गर्दै देह व्यापारमाथि समेत प्रतिवन्ध लगाइएको छ ।

तर पनि केही रेड लाइट इलाकामा यौन धन्दा हुने गरेको खुल्न आएको छ ।

अजमेरी गेटदेखि लाहौरी गेटसम्मको इलाकामा पर्ने जिबी रोड भारतको चर्चित रेड लाइट क्षेत्र हो ।

जिबी रोडमा १०० भन्दा बढी वेश्यालय रहेको छ । जहाँ करिब ४००० भन्दा बढी यौनकर्मी महिला रहेको बताइन्छ ।

देशमा लकडाउन घोषणा भएसँगै हजारौं मजदुरहरु पैदल (हिँडेर) आ–आफ्नो घर (गन्तव्य) तर्फ जाने क्रम तिव्र छ । 

शहरमा काम गर्दै आएका गरिब तथा मजदुर परिवार खान-बस्नको टुंगो नभएपछि आ-आफ्नो घर जान बाध्य भएका हुन् ।

यसैबीच जिबी रोडका करिब २००० यौनकर्मी वेश्यालयमै थुनिएका छन् ।

लकडाउन घोषणा भएसँगै मालिकहरुले वेश्यालयमा ताला लगाइदिएका छन् । 

जिबी रोडकी सेक्स वर्कर्समध्येकी एक रश्मी (नाम परिवर्तन) ले इण्डिया टुडेसँग भनिन्, 'हामी यस गल्लीमा अन्धकारमा फसेका छौं । हामीमाथि निकै कडा निगरानी गरिएको छ । जसका कारण हामी केही सामान खरिद गर्नको लागि नजिकैको पसलमा समेत जान पाइरहेका छैनौं ।'

उनले अघि भनिन्, 'हामीमध्ये धेरै जना बिरामी पनि भएका छौं । तर हामीसँग कुनै साधन छैन, हामी जाँच गर्न पनि जान सकिरहेका छैनौं । प्रहरीले हाम्रो कुरा नै सुन्न चाहँदैन । हामीसँग अब सीमित रकम छ । थाहा छैन हामी आफ्नो काममा कहिले फर्कन्छौं ।'


कस्तो लाग्यो ?

यो पनि