जेठ ०१, २०८१, मंगलबार
               

कोरोना संक्रमणबाट भारतमा ३६ जनाको मृत्यु

एजेन्सी
चैत १८, २०७६

ADVERTISEMENT

एजेन्सी । भारतमा कोरोना भाइरस संक्रमणको कारण मृत्यु हुनेको संख्या ३६ पुगेको छ ।

महाराष्ट्रको पुणेमा ५२ वर्षीय व्यक्ति र मुम्बईमा ८० वर्षीय कोरोना संक्रमित व्यक्तिको मृत्यु भएको बताइएको छ । महाराष्ट्रमा अहिलेसम्म १० जनाको मृत्यु भएको छ ।

उता गुजरातको भावनानगरमा पनि एक ४५ वर्षीया महिलाको कोरोना संक्रमणका कारण मृत्यु भएको पुष्टि भएको छ । गुजरातमा ६ जनाको मृत्यु भएको छ ।

मध्य प्रदेशको इन्दौरमा ४१ वर्षीय बिरामीको पनि ज्यान गएको छ । इन्दौरमा मात्रै चार जना कोरोना संक्रमितले ज्यान गुमाइसकेका छन् ।

पश्चिम बंगालको दार्जलिङमा पनि कोरोना संक्रमणबाट ५४ वर्षीया एक महिलाको मृत्यु भएको छ । पश्चिम बंगालमा अहिलेसम्म दुई जनाको मृत्यु भएको छ ।

पञ्जाबमा ५५ वर्षीया महिलाको कोरोना संक्रमणबाट ज्यान गएको बताइएको छ । कोरोना संक्रमणबाट पञ्जाबमा यो तेस्रो मृत्युको घटना हो ।

तेलंगनामा कोरोना भाइरस संक्रमणका कारण ६ जनाको मृत्यु भइसकेको छ । भारतमा विभिन्न राज्यमा कोरोना संक्रमितको संख्या बढिरहेको छ ।

यसैबीच, कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै भारत सरकारले पूरै देशमा घोषणा गरेको २१ दिने लकडाउन जारी छ ।


कस्तो लाग्यो ?

यो पनि