जेठ ०१, २०८१, मंगलबार
               

भुटानमा पनि बढ्यो लकडाउनको अवधि

एजेन्सी
चैत १८, २०७६

ADVERTISEMENT

एजेन्सी । भुटानमा लकडाउनको अवधि बढाएर २१ दिने बनाइएको छ ।

हिजो (सोमबार) घोषणा भएको २१ दिने लकडाउन आज (मंगलवारदेखि) लागू हुने छ। 

भुटानका प्रधानमन्त्रीको आधिकारिक ट्विटर एकाउन्टमा सरकारले २१ दिने लकडाउन गर्ने निर्णय गरेको उल्लेख छ । 

उच्च सर्तकताका लागि लकडाउन अत्यावश्यक वाध्यता बनेको भुटानी प्रधानमन्त्रीले बताएका छन् । 
 
भूपरिवेष्ठित मुलुक भुटानमा कोरोना भाइरसको सङ्क्रमण थप बढ्ने सम्भावनालाई मध्यनजर गर्दै  २१ दिने लकडाउन घोषणा गरिएको हो ।

भुटानमा सोमबारसम्म चार जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

अमेरिकाको जोन्स हकिन्स विश्वविद्यालयका अनुसार सबैभन्दा पहिलो बिरामी मार्च ५ मा भेटिएका थिए । 

ती व्यक्ति अमेरिकाका ७६ वर्षीय पर्यटक थिए ।

उनी भारतको आसामको समेत भ्रमण गरेर भुटान आएका थिए ।


कस्तो लाग्यो ?

यो पनि