जेठ ०१, २०८१, मंगलबार
               

ओलम्पिक गेमको नयाँ मिति सार्वजनिक

नेपाल फ्ल्यास
चैत १७, २०७६

ADVERTISEMENT

काठमाडौं । कोरोनाका कारण एक वर्ष धकेलिएको ओलम्पिकको नयाँ मिति सार्वजनिक भएको छ ।

विश्वभर कोरोना भाइरसले आफ्नो प्रभाव बढाउँदै लगेपछि ओलम्पिकको मिति एक वर्ष पछि धकेलिएको थियो । 

नयाँ मितिअनुसार टोकियो ओलम्पिक २०२१ को जुलाई २३ देखि अगस्ट ८ सम्म सञ्चालन हुनेछ । 

विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसका कारण यही जुलाई २४ बाट आयोजना हुने भनिएको ओलम्पिक एक वर्षपछि सरेको छ ।


कस्तो लाग्यो ?

यो पनि