जेठ ०१, २०८१, मंगलबार
               

तालिबानको आक्रमणमा परी १९ जना मारिए

नेपाल फ्ल्यास
चैत १७, २०७६

ADVERTISEMENT

अफगानिस्तानको दुई वटा प्रान्तमा तालिबान लडाकू समूहले गरेको आक्रमणमा परी १८ जना सुरक्षा अधिकारीहरू मारिएका छन् । आइतबार राती भएको उक्त आक्रमणमा परी अन्य एक सर्वसाधारण पनि मारिएका सरकारी अधिकारीले जानकारी दिएका छन् ।

अफगानिस्तानमा पनि कोरोना भाइरसको सङ्क्रमण देखिएको र  यसबाट ४ जनाको मृत्युको हुनुको साथै १२० व्यक्तिमा सङ्क्रमण देखिएको छ । 

विश्वभरी कोरोना भाइरसको सङ्क्रमणको महामारी चलिरहेको यस अवस्थामा अमेरिका र अफगानिस्तानबीच चलिरहेको शान्ति वार्ता पनि रोकिएको अवस्थामा नै रहेको छ ।

तर यस परिस्थितिमा पनि तालिबान आतङ्ककारी समूहको आक्रमण भने रोकिएको छैन् । अफगानिस्तानमा हाल पनि सुरक्षाबललाई लक्ष्य गरी बारम्बार आक्रमण भइरहेको छ । 


कस्तो लाग्यो ?

यो पनि