जेठ ०२, २०८१, बुधबार
               

कोरोनाभाइरसः रहेनन् यी चर्चित हाँस्य अभिनेता पनि

एजेन्सी
चैत १७, २०७६

ADVERTISEMENT

एजेन्सी । कोरोनाभाइरसको संक्रमणबाट जापानका प्रख्यात हाँस्य अभिनेता केन शिमुराको मृत्यु भएको छ ।

जापानका चर्चित हास्य अभिनेता केनको ७० वर्षको उमेरमा आइतबार साँझ मृत्यु भएको हो । 

सन् १९७० को दशकमा उनले अभिनय यात्रा सुरु गरेका थिए ।

२० मार्चमा उनी ज्वरो तथा निमोनियाको समस्याका कारण अस्पताल भर्ना भएका थिए । 

स्वास्थ्य जाँच गर्दा कोरोनाभाइरस पोजेटिभ देखिएपछि उनी अस्पतालमै उपचाररत थिए ।

जापानमा कोरोनाभाइरसबाट मृत्यु हुने उनी पहिलो सेलिब्रेटी हुन् ।


कस्तो लाग्यो ?

यो पनि