जेठ ०१, २०८१, मंगलबार
               

लकडाउनमा थप कडाई, तीन दिन पूरै बन्द

एजेन्सी
चैत १७, २०७६

ADVERTISEMENT

एजेन्सी । कोरोना संक्रमणको जोखिमलाई मभ्यनजर गर्दै पूरै भारतमा २१ दिनसम्म लकडाउन जारी छ ।

यसबीचमा अधिकांश स्थानमा लकडाउनमा लापरबाहीका घटना समेत सार्वजनिक भइरहेका छन् ।

जसको कारण भारतमा कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गइरहेको छ ।

भारत मध्य प्रदेशको आर्थिक राजधानीको रुपमा परिचित इन्दौरमा मात्रै कोरोना संक्रमितको संख्या २२ भन्दा बढी पुगिसकेको छ ।

भारतको केन्द्र सरकार र राज्य मिलेर लकडाउनालई थप कडाइ गरिने भएको छ । तर, सरकारले सोचेको जस्तो हुन सकेको छैन । 

यसैबीच, इन्दौरमा लकडाउनलाई थप कडाइ गरिने भएको छ । यहाँ अत्यावश्यक चिज दूध, तरकारी, खाद्यान्न लगायत केही सामाग्रीको लागि बजार खुल्ने छैन ।

मानिसहरु घरबाहिर निस्कने क्रम नरोकिएपछि त्यहाँ लकडाउनलाई थप कडाइ गरिएको हो ।

मिनी मुम्बई पनि भनिने इन्दौर अब तीन दिनसम्म पूर्ण रुपमा बन्द रहनेछ । कोरोना संक्रमितको संख्या अचानक बढ्न थालेपछि त्यहाँ यस्तो निर्णय गरिएको हो ।


कस्तो लाग्यो ?

यो पनि