जेठ ०१, २०८१, मंगलबार
               

बेल्जियममा कस्तो छ कोरोना संक्रमणको अवस्था ?

एजेन्सी
चैत १७, २०७६

ADVERTISEMENT

एजेन्सी । युरोपेली देश बेल्जियममा गत २४ घण्टामा १७ सय २ जना कोरोना भाइरसबाट संक्रमित भएका छन् । 

बेल्जियममा अहिलेसम्म १० हजार ८ सय ३६ जना यस भाइरसबाट संक्रमित भइसकेका छन् । यस भाइरसबाट मृत्यु हुनेको संख्या बेल्जियममा ४ सय ३१ पुगेको छ।

पछिल्ला दिनमा दैनिक झण्डै दुई हजारको हाराहारीमा कोरोना संक्रमित भेटिएका छन् ।

बेल्जियम स्वास्थ्य मन्त्रालयका अनुसार, मार्च २८ सम्म अस्पताल भर्ना गरिएका १ हजार ३ सय ५९ संक्रमित निको भएर घर फर्किएका छन्। 

अझै ४ हजार १ सय ३८ जना कोरोना संक्रमित विभिन्न अस्पतालमा उपचाररत छन् । ८ सय ६७ जनाको सघन उपचार कक्षमा उपचार भइरहेको बताइएको छ ।

हालसम्मको संक्रमणकाल अवधिमा बेल्जियमको पर्यटन क्षेत्रले करिब ७ सय ५५ मिलियन युरो घाटा व्यहोरेको ब्रसेल्स टाईम्सले उल्लेख गरेको छ ।


कस्तो लाग्यो ?

यो पनि