जेठ ०१, २०८१, मंगलबार
               

स्पेनमा एकै दिनमा ८३८ व्यक्तिको मृत्यु

नेपाल फ्ल्यास
चैत १६, २०७६

ADVERTISEMENT

स्पेनमा विगत २४ घण्टामा ८३८ जनाको कोरोना भाइरस सङ्क्रमणका कारण मृत्यु भएको यहाँको स्वास्थ्य मन्त्रालयले आइतबार जनाएको छ । उक्त समयमा थप छ हजार ५०० व्यक्तिमा सङ्क्रमण देखिएको छ ।

विश्वव्यापी प्रकोपका रूपमा फैलिएको कोरोना भाइरसबाट स्पेनमा आइतबार साँझसम्ममा छ हजार ५२८ जनाको मृत्युभएको मन्त्रालयले पुष्टि गरेको छ । स्पेनमा कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या ७८ हजार ७९७ रहेको छ भने यसमध्ये चार हजार ९०० विरामीमा जटिल खालको सङ्क्रमण भेटिएको छ ।

स्पेनमा सङ्क्रमित भएका १४ हजार ७०० व्यक्ति उपचारपछि निको भएर घर फर्किसकेका स्वास्थ्य मन्त्रालयले जनाएको छ । स्पेनको राजधानी मेड्रिड र क्याटलोनिया क्षेत्रमा सङ्क्रमण अत्यधिक फैलिएको छ । मेड्रिडमा करिब २२ हजार र क्याटलोनियामा १५ हजारभन्दा बढी व्यक्तिमा सङ्क्रमण पुष्टि भएको छ । 

आइतबार साँझसम्ममा विश्वभर सङ्क्रमितको सङ्ख्या छ लाख ८० हजारभन्दा बढी पुगेको छ भने ३१ हजार ९२० जनाको मृत्यु भइसकेको छ ।


कस्तो लाग्यो ?

यो पनि