जेठ ०१, २०८१, मंगलबार
               

प्रधानमन्त्री मोदीले मागे माफी

एजेन्सी
चैत १६, २०७६

ADVERTISEMENT

एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतमा लगाइएको लकडाउनले जनतालाई पुगेको असुविधाप्रति माफी मागेका छन् ।

आइतबार आफ्नो रेडियो कार्यक्रम मन की बातमा बोल्दै भारतीय प्रधानमन्त्री मोदीले लकडाउनको कारण गरिब मानिसहरुमा परेको असुविधाप्रति क्षमा मागेका हुन् । 

‘म तपाईंहरुको समस्या बुझ्छु, तर कोरोना भाइरसविरुद्धको लडाइँमा यसको कुनै विकल्प थिएन ।’ मोदीले भनेका छन् ।

प्रधानमन्त्री मोदीले सबै जनतालाई सुरक्षित राख्नका लागि नचाहेर पनि यस्तो निर्णय गर्नुपरेको उललेख गरे ।

संकटको समयमा सहयोग गर्ने सबै मानिसलाई मोदीले धन्यवाद पनि दिएका छन् । 

कोरोना भाइरसको कारण भारतमा एक हजारभन्दा बढी मानिस संक्रमित भइसकेका छन् भने २५ जनाको मृत्यु भइसकेको छ ।


कस्तो लाग्यो ?

यो पनि