जेठ ०२, २०८१, बुधबार
               

कोरोना संक्रमणबाट अमेरिकामा एक शिुशुको मृत्यु

एजेन्सी
चैत १६, २०७६

ADVERTISEMENT

एजेन्सी । कोरोना भाइरस संक्रमणबाट अमेरिकामा पहिलो नवजात शिशुको मृत्यु भएको छ ।

शनिबार अमेरिकाको शिकागोमा कोरोना भाइरस संक्रमित एक शिशुको ज्यान गएको हो ।

उनको वास्तविक उमेर भने खुलाइएको छैन । त्यहाँको स्वास्थ्य विभागका अनुसार, कोरोना संक्रमणबाट संसारमा नवजात शिशुको मृत्यु भएको यो पहिलो घटना हो ।

रिपोर्टअनुसार, यही हप्ताको सुरुवातमा दुई बच्चालाई कोरोना भाइरस संक्रमण भएको थियो । तर अमेरिकामा कम उमेरको शिशुको मृत्यु भएको यो पहिलो घटना बताइएको छ ।

शिशुको मृत्युलाई लिएर विभिन्न भनाइ आइरहेका छन् । केही दिन अघि न्यू इङ्ल्याण्ड जर्नलमा चाइनिज अनुसन्धानकर्ताको एक लेख छापिएको थियो ।

लेखमा १० महिनाका नवजात शिशुको मृत्यु भएको बताइएको छ । अस्पतालमा भर्ना भएको चारदिनपछि उनको मृत्यु भएको थियो ।

कोरोना भाइरस संक्रमणबाट शिशुका अंगहरुले काम गर्न छाडेको थियो ।

पत्रकार मसम्मलेनमा गभर्नर जेबी प्रित्जकरले भने, नवजात शिशुलाई २४ घण्टा पहिले संक्रमण भएको थियो । उनको मृत्युको बारेमा चिकित्सकहरुले अध्ययन गरिरहेका छन् ।


कस्तो लाग्यो ?

यो पनि