जेठ ०१, २०८१, मंगलबार
               

क्वारेन्टाइनबाट भागेका युवक तरकारी बेच्दै गरेको भेटिएपछि...

एजेन्सी
चैत १६, २०७६

ADVERTISEMENT

एजेन्सी । भारतको कश्मीरमा रहेको एक सरकारी अस्पतालको क्वारटाइनमा बसिरहेका एक बिरामी भागेर अहिले तरकारी व्यापार गरी रहेका छन् । 

उनीसँग २६ जना क्वारनटाइनमा बसेका थिए । उनीहरु सबै जना अस्पतालबाट भागेका थिए । 

अस्पतालको रिपोर्ट अनुसार उनीहरुमा कोरोना भाइरस पोजेटिभ देखिएको छ ।

त्यहाँको प्रहरीले अस्पतालबाट भागेका मानिसहरुको खोजी गर्ने क्रममा तरकारी बेचिरहेको अवस्थामा एक व्यक्तिलाई फेला पारेको हो ।

उनलाई फेरि अस्पतालमा उपचारको लागि लगिएको छ ।

यो खबरले अहिले कश्मीर, श्रीनगरमा तहल्का मच्चिरहेको छ । 

कश्मीर श्रीनरगका मानिसहरु आफूहरु कोरोना भाइरसबाट असुरक्षित रहेको बताइरहेका छन् ।


कस्तो लाग्यो ?

यो पनि