जेठ ०१, २०८१, मंगलबार
               

कोरोनाबाट स्पेनकी राजकुमारी टेरेसाको मृत्यु

नेपाल फ्ल्यास
चैत १६, २०७६

ADVERTISEMENT

एजेन्सी । छिमेकी देश चीनबाट संसारभरी फैलिएर महामारीका रूपले आतंक गरिरहेको कोरोना भाइरसबाट स्पेनकी राजकुमारी मारिया टेरेसाको पनि मृत्यु भएको छ । ८६ वर्षीया राजकुमारी टेरेसाको गत शुक्रबार मृत्युकाे पुष्टि भएकाे  हो ।

उनको कोरोनाबाट मृत्यु भएको शाही परिवारले पुष्टि गरेको छ । उनको जन्म सन् १९३३ जुलाई २८ मा फ्रान्सको पेरिसमा भएको थियो । उनको मृत्युपछि स्पेनमा राष्ट्रिय शोकको घोषणा गरिएको छ ।

स्पेनमा अहिलेसम्म ५ हजार ८ सय १२ जनाको कोरोना संक्रमणका कारण मृत्यु भैसकेको छ भने ७२ हजार २ सय ४८ जनामा संक्रमण भएको पुष्टि भएको छ ।  


कस्तो लाग्यो ?

यो पनि