जेठ ०१, २०८१, मंगलबार
               

कोरोनाबाट मृतकको संख्या ३० हजार नाघ्यो

नेपाल फ्ल्यास
चैत १६, २०७६

ADVERTISEMENT

एजेन्सी । महामारीको रूपमा विश्वभर फैलिएको कोरोना भाइरसबाट ज्यान गुमाउँनेको संख्या ३० हजार नाघेको छ । त्यस्तै, कोरोनाबाट संक्रमितको संख्या विश्वभरी साढे ६ लाख नाघेको छ   ।

कोरोना भाइरसबारे निरन्तर अपडेट दिइरहने वर्ल्डोमिटरका अनुसार अहिलेसम्म संक्रमितको संख्या ६ लाख ६२ हजार ९ सय ६७ पुगेको छ भने मृतकको कूल संख्या ३० हजार ८ सय ५० रहेको हो ।

संक्रमित मध्ये २५ हजार ४ सय १२ को स्थिती नाजुक छ भने ४ लाख ६४ हजार ७ सय ५२ संक्रमितको अवस्था सामान्य छ ।

त्यसैगरी अहिलेसम्म एक लाख ४१ हजार ९ सय ९३ संक्रमित उपचारपछि डिस्चार्ज भइसकेका छन् ।


कस्तो लाग्यो ?

यो पनि