जेठ ०१, २०८१, मंगलबार
               

भारतीय प्रधानमन्त्री मोदीले गरे पिएम–केयर्स कोषको घोषणा

नेपाल फ्ल्यास
चैत १५, २०७६

ADVERTISEMENT

काठमाडौंं । कोरोना भाइरसविद्ध लड्न सहयोग गर्न आग्रह गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पिएम–केयर्स कोष घोषणा गरेका छन् । 

शनिबार उनले जनतालाई कोरोना भाइरसविरुद्ध लड्न सहयोगको अपिल गर्दैै प्राइम मिनिस्टर्स सिटिजन इसिस्टेन्ट एन्ड रिलिफ इन इमर्जेन्सी सिचुएसन्स फन्ड (पिएम–केयर्स) घोषणा गरेका हुन् ।

उनले कोरोना भाइरसका कारण ज्यान गुमाएका परिवारले भाइरसविरुद्धको लडाइँमा सरकारलाई सहयोग गर्ने इच्छा व्यक्त गरेको भन्दै उनीहरूको इच्छाको सम्मान गर्दै यो कोष स्थापना गरिएको उल्लेख गरेका छन् ।

उनले ट्विटमा भनेका छन्, ‘यो अभियानले स्वस्थ भारत निर्माणमा सहयोग पुग्ने विश्वास छ ।’

भारतमा कोरोना भाइरस कोभिड–१९ का कारण अहिलेसम्म २१ जनाको निधन भएको छ भने नौ सयभन्दा धेरै मानिसमा कोरोना भाइरसको संक्रमण देखिएको छ । 
 

यो पनि