जेठ ०१, २०८१, मंगलबार
               

कोरोनाका कारण स्पेनमा २४ घन्टामा आठ सय ३२ को निधन

नेपाल फ्ल्यास
चैत १५, २०७६

ADVERTISEMENT

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) का कारण स्पेनमा पछिल्लो २४ घन्टामा आठ सय ३२ को निधन भएको छ । 
कोरोना भाइरसका कारण यतिधेरै संख्यामा निधन भएको यो नै पहिलो घटना हो । 

स्पेन स्वास्थ्य मन्त्रालयले शनिबार मध्यान्हसम्म पाँच हजार ६ सय ९४ को निधन भएको बताएको छ भने संक्रमितको संख्या ७२ हजार दुई सय ४८ पुगेको छ । पछिल्लो २४ घन्टामा आठ हजार एक सय ८९ नयाँ संक्रमित थपिएका छन् । जुन शुक्रबारको तुलनामा १२.७ प्रतिशत बढी हो । 

अहिले चार हजार आठ सय ७५ को आइसियूमा उपाचार भइरहेको छ भने १२ हजार दुई सय ८५ जना पूर्ण रूपमा निको भएर घर फर्केका छन् । 


कस्तो लाग्यो ?

यो पनि