जेठ ०१, २०८१, मंगलबार
               

इटालीमा एकैदिन ९१९ जनाको मृत्यु

नेपाल फ्ल्यास
चैत १५, २०७६

ADVERTISEMENT

इटाली । कोभिड–१९ सङ्क्रमणबाट इटालीमा एकै दिन ९१९ जना नागरिकको ज्यान गएको बताइएको छ । केही दिनयता यहाँ ज्यान जाने नागरिकको सङ्ख्या बढिरहेको देखिएको छ । 

यो सँगै इटालीमा ज्यान जानेको सङ्ख्या ९ हजार १३४ पुगेको छ । शनिबार बिहानसम्मको यो अवस्थालाई निकै भयावह मानिएको छ । इटाली विश्वमा नै यो सङ्क्रमणबाट सबैभन्दा धेरै नागरिकले ज्यान गुमाउने देश हो । 

यहाँ ज्यान जानेमा अधिकांश लोम्बार्डी क्षेत्रका नागरिक छन् । सो ठाउँमा इटालीमा सुरुदेखि नै सङ्क्रमण हुनेको संख्या धेरै नै रही आएको देखिएको छ । 

त्यसैगरी इटालीमा सङ्क्रमण हुनेहरु ८६ हजार ४९८ पुगेका छन् । त्यहाँ पनि प्रतिदिन निकै नै ठूलो संख्यामा नागरिकको ज्यान गइरहेको अवस्था देखिएको छ । 

त्यसैगरी हिजोमात्र स्पेनमा ७७७ जनाको ज्यान गएको छ । यो सँगै स्पेनमा ज्यान जाने नागरिकको संख्या ५ हजार १३८ जना पुगेको छ । त्यसैगरी इटालीमा सङ्क्रमण हुनेहरु ६५ हजार ४९८ पुगेका छन् । यहाँ ९ हजार ३९७  उपचारपछि घर फर्किएका छन् । यसरी स्पेन कोरोना सङ्क्रमणबाट बढी ज्यान जाने देशमा इटालीपछिको दोस्रो हो ।   
 


कस्तो लाग्यो ?

यो पनि