बैशाख २५, २०८१, मंगलबार
               

स्यानिटाइजरलाई पिउँदा कैदीको मृत्यु

नेपाल फ्ल्यास
चैत १५, २०७६

ADVERTISEMENT

एजेन्सी । कोरोना भाइरसको सुरक्षाको रुपमा स्यानिटाइजरको प्रयोग गरिने गरेको छ ।

तर, एक कैदीले रक्सी ठानेर स्यानिटाइजर पिउँदा उनको मृत्यु भएको छ ।

भारतको केरलस्थित एक जेलमा रहेका एक कैदीले स्यानिटाइजर पिउँदा ज्यान गुमाएका हुन् ।

खबर अनुसार फेब्रुअरी १८ मा जेल आएका कैदी रामनकुट्टीले जेलभित्र स्यानिटाइजर पिएका थिए, त्यसपछि उनी परिसरभित्रै लडेका थिए । 

मंगलबार उनलाई अस्पताल भर्ना गरिएको थियो । अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको हो ।

सरकारको आदेशअनुसार कैदीहरुहरुका लागि विगत केही दिनदेखि जेलभित्रै स्यानिटाइजर बनाउने काम भइरहेको थियो ।

जेल अधिकारीका अनुसार आइसोप्रोपिल अल्कोहलको उपयोग हातको स्यानिटाइजर बनाउने प्रमुख सामग्रीको रुपमा प्रयोग गरिन्छ तर कैदीले यसलाई नशाको रुपमा प्रयोग गरे ।


कस्तो लाग्यो ?

यो पनि