जेठ ०१, २०८१, मंगलबार
               

कोरोनाबाट महिलाभन्दा पुरुष बढी संक्रमित हुनुको यस्तो छ खास कारण

एजेन्सी
चैत १५, २०७६

ADVERTISEMENT

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस अहिले संसारभर फैलिरहेको छ । पूरै विश्वको लागि कोरोना भाइरस टाउको दुखाईको विषय बनेको छ ।

यसैबीच चाइनिज सेन्टर्स अफ डिजिज कन्ट्रोलले हालै एक रिपोर्ट सार्वजनिक गरेको छ ।

रिपोर्टका अनुसार कोरोना भाइरसको खतरा महिलाभन्दा पुरुषमा बढी पाइएको छ । 

अहिलेसम्म संक्रमितको तथ्यांक हेर्दा यस  महिला भन्दा पुरुषहरु बढी यस भाइरसको शिकार भएका छन् ।

मृतकको संख्या हेर्ने हो भने पनि महिलाको भन्दा पुरुषकै बढी रहेको रिपोर्टमा उल्लेख गरिएको छ ।

अनुसन्धानकर्ता वैज्ञानिकहरुले इटली, चीन, फ्रान्स, जर्मनी, इरान तथा दक्षिण कोरियामा ८८ हजार संक्रमितको अध्ययन गरेका थिए ।

ती संक्रमित मध्ये २.८ प्रतिशत पुरुष र १.७ प्रतिशत महिलाको मृत्यु भएको बताइएको छ । त्यसैगरी ०.२ प्रतिशत बालबालिकोको ज्यान गएको छ ।

इटलीको नेशनल हेल्थ इन्स्टिच्युटका अनुसार, इटलीमा जम्मा संक्रमित मध्ये ६० प्रतिशत पुरुष छन् । संक्रमणबाट ज्यान गुमाउनेमा ७० प्रतिशतभन्दा बढी पुरुष छन् ।

दक्षिण कोरियामा पनि यस्तै अवस्था छ । दक्षिण कोरियामा कोरोना संक्रमणबाट ज्यान गुमाउनेमा ५४ प्रतिशत पुरुष छन् ।

चीनमा कोरोना भाइरस पोजेटिभ देखिएकामध्ये ६८ प्रतिशत पुरुषको संख्या छ । 

इरानमा कोरोना संक्रमित बिरामीमध्ये ६४ प्रतिशत पुरुष छन् ।

कारण 

जसको रोग प्रतिरोधात्मक क्षमता (इम्युनिटी पावर) कमजोर छ, उसलाई भाइरसले छिटो आक्रमण गर्छ । महिला तथा बालबालिकाको तुलनामा पुरुषको इम्युनिटी पावर कम हुने गरेको पाइएको छ । 

महिलाले भन्दा पुरुषले बढी मात्रामा धुम्रपान, मदिरा सेवन तथा नशालु पदार्थको बढी सेवन गर्ने हुँदा त्यस्ता पुरुषको इम्युनिटी पावर कमजोर हुन्छ र भाइरसले आक्रमण गर्छ ।

खतरा

रिपोर्टका अनुसार कोरोना भाइरसबाट ती वृद्ध मानिसलाई बढी जोखिम हुन्छ, जो पहिलेदेखि मुटु, हाइ ब्लडप्रसरको बिरामी छ ।

धुम्रपान 'तथ्यांक'

चाइनिज सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनका अनुसार, चीनमा करिब ३६ करोड मानिस धुम्रपान गर्छन् । ५० प्रतिशतभन्दा बढी पुरुष 

इटलीको नेशनल हेल्थ इन्स्टिच्युटका अनुसार, इटलीमा ७० लाख पुरुष र करिब ४० लाख महिलाले धुम्रपान गर्छन् ।

इन्स्टिच्युटका अनुसार, अस्पतालमा भर्ना भएका संक्रमितमध्ये एक तिहाइ मानिस धुम्रपान सेवन गर्नेहरु छन् । र उनीहरुको अवस्था अन्य संक्रमितको भन्दा गम्भीर रहेको बताइएको छ ।


कस्तो लाग्यो ?

यो पनि