बैशाख १७, २०८१, सोमबार
               

ट्रम्प-सीबीच टेलिफोन वार्ता

नेपाल फ्ल्यास
चैत १४, २०७६

ADVERTISEMENT

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनफिङबीच टेलिफोन वार्ता भएको छ ।

दुई राष्ट्रपतिबीच अमेरिकी समयअनुसार बिहीबार बेलुका कोरोना भाइरसकेन्द्रित भई टेलिफोन वार्ता भएको  हो । टेलिफोन वार्तामा 
कोरोना भाइरस महामारी नियन्त्रणबारे कुराकानी जनाइएको छ । 

टेलिफोन बार्तामा चिनियाँ राष्ट्रपति सीले कोरोना भाइरस विश्वको साझा शत्रु भएकाले यससँग लड्न अन्तर्राष्ट्रिय पहल मजबुत बनाउनुपर्ने बताएका बुझिएको छ । 

टेलिफोन वार्तापछि अमेरिकी राष्ट्रपति ट्रम्पले चीनले कोरोना भाइरसबारे धेरै बुझेको, र धेरै पार गरिसकेको छ र भाइरसलाई राम्रोसँग बुझिसकेको छ प्रतिक्रिया दिएका छन् । उनले यस्तो प्रतिक्रिया ट्विटमार्फत् दिएका हुन् । 

‘हामी एकअर्कासँग नजिक रही काम गर्नेछौँ,’ उनले ट्विटमा भनेका छन्, ‘उच्च सम्मान छ ।’टेलिफोन वार्तापछि यसअघि कोरोना भाइरसलाई ‘चाइनिज भाइरस’ भन्दै आएका ट्रम्पको बोली फेरिएको बताइएको छ । 

त्यसैगरी, चिनियाँ राष्ट्रपति सीले अमेरिकालाई भाइरस नियन्त्रणका लागि ठोस कदम चाल्न आग्रह गरेको साउथ चाइना मर्निङ पोस्टले उल्लेख गरेको छ । 

सीले अमेरिकामा महामारी फैलिएको विषयमा आफ्नो ध्यानाकर्षण भएको जनाएका, र सीले चीन अमेरिकालाई सहयोग गर्न तयार रहेको उक्त पोस्ट उल्लेख छ । 

यो पनि