बैशाख १७, २०८१, सोमबार
               

लकडाउनपछिको जीवन (मन छुने तस्विरहरु)

एजेन्सी
चैत १४, २०७६

ADVERTISEMENT

एजेन्सी । संसारभर कोरोना भाइरसको महामारी फैलिएको छ । नेपाल भारत लगायत केही देशमा लकडाउन घोषणा गरिएको छ ।

अधिकांश देशहरुले हवाइ सेवा स्थगित गरेका छन् । विश्वभर कोरोना भाइरस संक्रमितको संख्या पाँच लाख ३६ हजारभन्दा बढी पुगिसकेको छ । २४ हजारभन्दा बढीले ज्यान गुमाइसकेका छन् ।

भारतमा पनि लकडाउन घोषणा गरिएको छ । लकडाउन पछि विभिन्न राज्यका मजदुर तथा दैनिक काम गरेर गुजारा चलाउनुपर्ने बाध्यता रहेका परिवार यतिबेला संकटमा छ ।

अहमदाबादेखि सांसवाडासम्म पुग्नको लागि एक दम्पती २५७ किलोमिटर पैदल यात्रामा छ ।

निरन्तर पैदल हिँड्दा श्रीमतीको खुट्टामा समस्या आएपछि श्रीमानले काँधमा बोकेर हिँडेका छन् । सवारी साधन बन्द भएपछि मानिसहरु हिँडेर आफ्नो गन्तव्यमा पुगिरहेका छन् ।

यसैबीच उत्तर प्रदेशमा प्रहरीले सर्वसाधारणलाई खाना खुवाउने व्यवस्था गर्‍यो ।

पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जी तरकारी बजारमा पुगेर ग्राहकको निम्ति उभिएर लाइन लगाउनको लागि गोलो घेरा बनाउँदै सोशल डिस्टेङसिङको बारेमा सम्झाइरहेकी थिइन् ।

सम्बन्ध र जिम्मेदारीको यो तस्विर अहमदावादको हो ।

मुख्यमन्त्री ममता बेनर्जी तरकारी बजारमा पुगेर सोशल डिस्टेङ्सिङ्को बारेमा सम्झाउँदै

दिल्लीमा रिक्साको हावा निकाल्दै प्रहरी

मध्य प्रदेशको ग्वालियरदेखि घर फर्केका मजदुरलाई प्रहरीले सजया दिँदै

मोहालीमा अन्तिम दाह संस्कारको समयमा सोशल डिस्टेङ्सिङको पालना गर्दै सहभागी

पञ्जाबको एक तरकारीबजारमा फालिएको तरकारीबाट खान मिल्ने तरकारी छान्दै

उत्तरप्रदेश प्रहरीले गरिब मानिसलाई खाना खुवाउँदै

पाकिस्तानमा ड्युटी जान लागेका चिकित्सकलाइए सलाम गर्दै सुरक्षाकर्मी

म्यान्मारमा एक होटेलमा आउने ग्राहकलाई सेनेटाइज गर्दै

कोरोनाबाट बच्नको लागि इथियोपियाको चर्चका पादरीहरुले निकालेको जुलुस


कस्तो लाग्यो ?

यो पनि