बैशाख १७, २०८१, सोमबार
               

३०७ जना लिएर दोहा उड्यो कतार एयरवेजको जहाज

नेपाल फ्ल्यास
चैत १४, २०७६

ADVERTISEMENT

काठमाडौं । कतारबाट आएको कतार एयरवेजको जहाजले ३०७ युरोपेली नागरिलाई बोकेर काठमाडौंबाट उडेको छ। कतार एयरवेजको उडान नम्बर क्युआर ७४८२ जबाट शुक्रबार २६० जर्मनसहित ३०७ युरोपियनलाई नेपालबाट लगिएकाे हाे । जसमा ८ जना नेपालीहरू पनि छन् ।

अध्यागमन विभागका अनुसार नेपालमा रहेका युरोपेली मुलुकका नागरिकलाई फर्काउन जर्मन दुतावासले कतार एयरवेजको खाली जहाज दोहाबाट मगाएको थियो। त्रिभुवन विमानस्थलका अध्यागमन प्रमुख सागर आचार्यका अनुसार ती सबै यात्रुलाई लिएर कतारको जहाज काठमाडौंबाट गएकाे हाे ।

विश्‍वव्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारण नेपालमा गरिएको लकडाउनका कारण विदेशी नागरिक फसेका थिए। स्वदेश फिर्ता हुन नपाएका उनीहरुलाई लैजान दोहबाट खाली जहाज आएको थियो।

 


कस्तो लाग्यो ?

यो पनि